साउदी अरबमा नेपाली कामदार रोजाईमा, मेघा प्रोजेक्टमा नेपालीको माग


साउदीमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन सुरु, नेपालीलाई रोजगारको अवसर बढ्ने

काठमाडौं – साउदी अरबमा नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना भएको छ । साउदी अरबको पश्चिमी लाल सागर तटमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन गर्न थालिएको छ ।

नियोम शहरको मेगा परियोजनालाई लक्षित गरेर सो क्षेत्रमा करिब १० हजार कामदारहरूका लागि १० वटा शहर निर्माण गरिने भएको छ ।

कूल १ लाख कामदारका लागि बनाइने यो शहरहरूका टेण्डरहरू अब ६ महिनामै आह्वान गरिने साउदी गजेटले जनाएको छ । त्यसैले नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना रहेको बताइएको छ । आजको अर्थ बाट

साउदी शेखको ठूलो घोषणा, २०२२ देखी श्रमिकको तलब वृद्धि हुने

काठमाडौं । तेल उत्पादनको हिसाबले मात्रै नभएर अरब राष्ट्रको हिसाबले समेत शक्तिशाली रहेको साउदी अरबले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले छिट्टै नै अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ । जसमा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत पर्ने छन् ।

साउदी अरबले कति प्रतिशत सम्म तलब वृद्धि गर्छ भन्ने अनुमान लगाउदै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार हाल खाई रहेको तलबमा १० प्रतिशत सम्म तलब वृद्धिको प्रस्ताव रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.