नेपाली श्रमिक काेरिया लैजाने काम तिव्रगतिमा, मंसिर ८ मा उड्दै छन् यतिजना…


नेपाली श्रमिक काेरिया लैजाने काम तिव्रगतिमा, मंसिर ८ मा उड्दै छन् यतिजना…

बासुदेव भट्ट/काठमाडौं

लामो समय देखि अबरुद्ध दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया उत्साहित रुपमा अगाडि बढेको छ । कात्तिक १० गते पहिलो चरणमा ४८ जना दक्षिण काेरिया उडेका थिए ।

साेहि क्रमलाई निरन्तरता दिदै दाेस्राे चरणमा पनि थप ८३ जना नेपाली आउदो २४ नोभेम्बर,२०२१ मा दक्षिण काेरिया जाने भएका छन् ।

मंगलबार उक्त ८३ जना कमिटेड कामदारहरुको नामावली इपिएस कोरिया शाखा ललितपुरले एक सुचना जारी गर्दै प्रकाशित गरेको छ ।

पहिलो चरणमा कमिटेड कामदार लिइसकेपछि अर्को चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक लैजाने कुरामा दक्षिण काेरिया सँग सहमति भएको स्रोतले हाम्रा खबरलाई बतायो ।

प्रकाशित सुचना अनुसार २४ नोभेम्बर,२०२१दाेस्राे चरणमा काेरिया जाने कमिटेडहरुकाे नामावली सहित आवश्यक प्रक्रियाकाे र जानकारी बारेमा एक सुचना प्रकाशित गरेको हाे ।इपिएस शाखा ललितपुरले आवश्यक प्रक्रिया र भइरहेको अवस्थाकाे बारेमा सुचनामा उल्लेख गरेको छ ।

संलग्न नामावली सूचिमा समावेश भएका ८३ जना व्यक्तिहरु पहिलो प्राथमिकता अनुसार काठमाण्डौं देखि दक्षिण कोरिया सम्मको उडान सूचीमा समावेश भएकोले तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७८ मंसिर ०६ गते (22 Nov, 2021) सोमबार सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ ।

संलग्न नामावली सूचिमा भएका व्यक्तिहरुले उडान पुर्व गर्नु पर्ने आवश्यक तयारी गरी तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको निर्धारित उडान तालिका प्रभावित हुन सक्ने व्यहोरा जानकारी गराईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *