काठमाडौँको एयरपोर्ट नजिकै अचम्म भयो : बिदेशबाट फर्केका अजय रुँदैरुँदै घर जानुपर्‍यो


काठमाडौँको एयरपोर्ट नजिकै अचम्म भयो : बिदेशबाट फर्केका अजय रुँदैरुँदै घर जानुपर्‍यो

काठमाडौँ । विदेशबाट ल्याएको सुन र मोबाइल सिनामंगलमा लुटपाट भएको छ। विदेशबाट फर्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी लुटिएका हुन्।

कतारबाट फर्केका चौधरीलाई बिहीबार राति ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन्।

चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोबाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका हुन्।

लुटमा संलग्नहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए।

मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *