साउदीका नेपालीहरु भन्छन् साउदीमा कम्पनी परिवर्तन गर्न सजिलो छ, प्रक्रिया सहित


साउदीका नेपालीहरु भन्छन् साउदीमा कम्पनी परिवर्तन गर्न सजिलो छ, प्रक्रिया सहित

साउदीले अघिल्लो वर्षको मार्चदेखि कफला प्रणालीमा सुधार ल्याएसँगै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुले आफू कार्यरत कम्पनी मन नपरेमा सजिलै परिवर्तन गर्न सक्ने व्यवस्था लागू भइसकेको छ ।

तर अझै पनि यहाँ कार्यरत नेपाली दाजुभाइहरु कम्पनी परिवर्तन गर्न नसकेको भनेर गुना’सो गर्नुहुन्छ ।

यस्तोमा उहाँहरुले अलिकति प्रक्रिया बुझ्नुपर्ने हुन्छ । कुनै पनि नेपाली दाजुभाइहरुले उनीहरुको करार अवधि पूरा गरिसकेपछि कम्पनी परिवर्तन गर्न चाहेको अवस्थामा त्यसो गर्न सकिन्छ ।

साउदीको भाषामा यसलाई तनाजुल लिने भनिन्छ । कम्पनीले उचित पारिश्रमिक नदिने, नयाँ कन्ट्र्या’क्ट लेटर नदिने गरेमा कम्पनी परिवर्तन गर्न सकिन्छ । यदि यसबारे बुझ्नुभएको छैन भने कम्पनीको हेडअफिसमा एच’आरसँग तथा डिभिजन हेडसँग बुझ्न सकिन्छ ।

र कम्पनी परिवर्तन गरेर श्रमको उचित मूल्य लिन सक्नुहुन्छ । त्यसको लागि आफैले कम्पनी खोज्नुपर्छ । कम्पनीको विश्वसनीयता बुझ्नुपर्छ । आफ्नो साथीभाइ तथा चिनेजानेको मान्छे कोही कुनै कम्पनीमा हुनुहुन्छ र उहाँहरुले चित्तबुझ्दो पारिश्रमिक पाउनुभएको छ भने त्यो कम्पनीमा जान सकिन्छ ।

त्यसको लागि केही प्रक्रिया हुन्छ, त्यो सबै आफू काम गरिरहेको कम्पनीले नै गरेर दिन्छ । कम्पनीले नै उचित समयमा अर्को कम्पनीमा तनाजुल गरेर दिने जिम्मा हुन्छ ।

कुुनै पनि कम्पनीले करार अवधि पूरा भइसकेपछि कुनै पनि देशको नागरिकलाई त्यही कम्पनीमा काम गरिराख्न दबाब दिन पाउँदैन । मेरो साथीहरुले पनि यो सुविधा अन्तर्गत कम्पनी परिवर्तन गरेर अहिले राम्रो कम्पनीमा काम गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *