नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्भव नै छैन: ओली

  • 57
    Shares

नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्भव नै छैन: ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको जस्तो उत्कृष्ट फिल्म कसैले बनाउन नसक्ने बताएका छन् ।

सोमबार पार्टीनिकट युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जस्तो उत्कृष्ट फिल्म कसैले बनाउन नसक्ने दाबी गरे ।

नेपाल कला र संगीतको ठाउँ भएको बताउँदै उनले भने, ‘यो ठाउँ कलाको ठाउँ हो । संगीतको ठाउँ हो । नेपालले कलाको क्षेत्रमा अत्यन्तै सम्भावन बोकेको छ । हाम्राजस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन ।’

अध्यक्ष ओलीले नेपाली हिरो र हिरोइन जस्तो राम्रा दुनियाँमा कहीँ नभएको पनि बताए । ‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन’, उनले भने, ‘नेपाली हिरोजस्तो हेण्डसम दुनियाँ कहीँ खोजेर भेटिएला ? भेटिन्दैन ।’

उनले लक्ष्मीप्रसाद देवकोटाजस्तो कवि संसारमा नभएको पनि बताए । देवकोटाका कविताले नोबल पुरस्कार पाउनुपर्ने उनको भनाइ दियो । उनले भने, ‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन ।

उनका कविताले किन पाउँदैनन् नोबल पुरस्कार ? हामीले एप्लाई नगरेको हुन सक्छ । महत्व नबुझेको पनि हुन सक्छ । आफैलाई नपत्याएको पनि हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published.