यो पार्टीबाट नायक भुवन केसी काठमाण्डौको मेयरमा उठ्ने

  • 56
    Shares

यो पार्टीबाट नायक भुवन केसी काठमाण्डौको मेयरमा उठ्ने

काठमाण्डाै – अभिनेता भुवन केसी काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।

केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केसीको चुनाव चिह्न किताब हुनेछ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिं’साका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ । 
 

Leave a Reply

Your email address will not be published.