कतारमा नेपालीहरुको ब्याण्ड ‘काठमाडौं म्युजिकल ब्याण्ड’

  • 71
    Shares

कतारमा नेपालीहरुको ब्याण्ड ‘काठमाडौं म्युजिकल ब्याण्ड’

तिलु शर्मा पौडेल/ दोहा कतार : भनिन्छ कला, संस्कृति र देश प्रेम प्रवासमा झन धेरै हुन्छ । प्रवासबाट मातृभूमिको माया अधिक हुने गर्छ । मानिस जहाँ पुगे पनि आफूसँग भएको क्षमतासँगै लिएर जान्छ र त्यो उसले कहि न कहिबाट बाहिर ल्याउछ ।

वैदेशिक रोजगारीका लागि कतार आएका केहि युवाहरू मिलेर प्रतिभा उजागरसँगै समाजमा सकरात्मक कार्य गर्ने लक्ष्यका साथ ‘काठमाडौ म्युजिकल ब्याण्ड’ को स्थापना गरेका छन् ।

यो ब्याण्डको स्थापनाका लागि चाँजोपाँजो भने रोशन अर्याल (कास्की) र ईसान रेग्मी (भक्तपुर)ले मिलाएका हुन । ‘सबै प्रतिभावान् हुनुहुन्छ, केहि नयाँ गरौँ भनेर ब्याण्डको शुरु गरेको मध्यान्हलसँगको कुराकानीमा जाकारी दिए ।

फरकफरक जिल्लाका साथीहरू ब्याण्डमा आबद्ध गराउदै जाने क्रममा कतारमा भर्खरै नेपाली रेष्टुरेन्ट संचालनमा ल्याएका नजिर हुसेनसँग भेट भएको र यो कदममा उनले निकै महत्वपूर्ण साथ दिएको ब्याण्डका निर्देशकसमेत रहेका अर्यालले बताए ।

ब्याण्डको गायनमा ईशान रेग्मी, अमृत लिम्बु र रेनु बान्तवा रहेका छन् भने गायनसँगै ड्रममा सतिश थापाले साथ दिएका छन् । त्यस्तै बेस गिटारमा विनोद परियार, रिदम गिटारमा दिपेन राई र लिड गिटारमा प्रमोद गुरुङ छन् । विनोद राई र पूजन श्रेष्ठ(धनकुटा) गायनसँगै गिटारमा अहम् भूमिकामा छन् । 

‘नेपाली गीत सङ्गीतको संवर्धन एवं प्रवद्र्धन गरौ’ भन्ने मूल नाराका साथ स्थापना गरिएको ब्याण्डलाई संस्थाको रूप दिइएको छ । कतारका अन्य सांगीतिक संस्था जस्तै गतिविधि गर्न र नयाँ प्रतिभालाई समेट्दै अगाडि बढ्ने लक्ष्य ब्याण्डले लिएको छ । कार्यसमितिको अध्यक्षमा नजिर रहमान, वरिष्ठ उपाध्यक्ष मुना थापा, प्रथम उपाध्यक्ष सन्तोष विश्वकर्मा, सचिव कविता खत्री, सह–सचिव कृष्ण ढकाल, कोषाध्यक्ष साया कोइराला रहेका छन् ।

यस्तै, सदस्यहरूमा रेणु बान्तवा, रश्मि श्रेष्ठ, मनिष गोस्वामी र तारा गुरुङ छन् । प्रमुख सल्लाहकारमा बलहरी राना र सल्लाहकारमा तिलु शर्मा पौडेल चयन भएका छन् । ब्याण्डको संरक्षक तथा निर्देशकमा रोशन अर्याल रहेका छन् भने सुलभ चन्द ठकुरी संयोजक र राज कुँवर सह–संयोजकका रूपमा रहेका छन् । ब्याण्डको मुख्य उद्देश्य सामाजिक कार्य नै रहेको अध्यक्ष रहमानले बताए ।

ब्याण्डले इदको पहिलो दिनमा आ–आफ्नो प्रस्तुति दिने तयारी गरेको छ । कतारमा रहेको नेपाली दूतावासमा पुगेर द्वितीय सचिवलाई भेटेर संस्थालाई सूचिकृतसमेत गरेको सचिव कविता खत्रीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published.