समीक्षा अधिकारीले किन सच्याइन् फेसबुक पोष्ट ?

  • 23
    Shares

समीक्षा अधिकारीले किन सच्याइन् फेसबुक पोष्ट ?

गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समीक्षाले शेयर गरेकी थिइन्– 

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ, 
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’

उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समीक्षाको यो पोष्टलाई मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गरे ।


केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत उडाउन थाले ।

सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् । 

Leave a Reply

Your email address will not be published.