कर्मचारी सेवक कि शासक ?


कर्मचारी सेवक कि शासक ?

काठमाडौं : नेपालका अधिकांश कर्मचारी राष्ट्र सेवक हुन् कि शासक ? छुट्याउन गाह्रो छ । अधिकांश कर्मचारीको सोच छ, ‘मलाई मन्त्रीले के गर्न सक्छ र ? हदै गरे सरुवा !’ यही सोचाइका कारण ती कर्मचारीहरु बेलगाम र गैरजिम्मेवार छन् ।

प्रशासकले आफूलाई शासक नभई जनताको सेवकको रूपमा काम गरेर देखाउनु पर्ने नेपाल सरकारका प्रायः मुख्य सचिवको भनाइ रहने गरेको छ ।

निजामती सेवा दिवस वरिपरि यो भनाइ बाक्लै सुनिन्छ ।

तर मन्त्रिपरिषदको निर्णय ढिलो आउँदा र आएको निर्णय पनि कार्यान्वयन गर्न करिमचारीले नमान्दा सय कामदार पठाउन नसकेका व्यवसायी रुनु न हाँस्नुको अवस्थामा पुगे । यसको जिम्मेवारी कसले लिने ? प्रश्न अनुत्तरित नै छ । 

एक व्यवसायीले भने, ‘प्रजातन्त्र हुँदै गणतन्त्रको दशकौंसम्मको यात्राका क्रममा सुशासनको नाममा धेरै सिद्धान्तहरू प्रतिपादन भए तर आफ्नो स्वार्थबाट दायाँबायाँ नगर्न निजामती कर्मचारीको प्रवृत्तिले सरकारका अधिकांश योजना, कार्यक्रमहरू, ऐन, नियम, नीतिहरू असफल भएका छन् ।

जनता निराश मात्रै नभई आक्रोशित समेत छन्  । निजामती कर्मचारीले  उत्तरदायित्व, पारदर्शिता, कानून, नीतिमा मात्रै होइन व्यवहारमा जनताको अपेक्षा अनुसार काम नगर्दा अहिले व्यवसायी पीडित भए, जनता पटकपटक पीडित भइरहने छन् ।’ साभार : मध्यान्ह

Leave a Reply

Your email address will not be published. Required fields are marked *