गर्लफ्रेण्डसँग सुरुमा एकदम उत्तेजित हुन्छु पछि क्रिया गर्न खोज्दै हटेर जान्छ ? – डा. शर्मिला

  • 58
    Shares

म अहिले २४ वर्षको भएँ , म मेरो गर्लफ्रेण्डसँग सेक्स गर्दा सुरुमा एकदम उत्तेजित हुन्छु अनि बिस्तारै जब लिंग छिराउन खोज्दा उत्तेजना हटेर जान्छ र लिंग कडा हुँदैन, मैले यस्तो हुन नदिन के गर्नु पर्दछ ? मेरो सम्वन्धमा नै दरार आउने अवस्था भएको छ । सम्वन्ध टुट्नबाट बच्ने उपाय केही छ की ? – एसजेटएन

डा. शर्मिला मजुम्दार : तपाईले राखेको प्रश्न प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या । व्यक्तिका लागि सेक्स आधारभूत शारीरिक आवश्यकताका रुपमा रहेको छ।

तर सेक्स इच्छा हुँदाहुँदै पनि लिंग उत्तेजित नहुने समस्याले गर्दा धेरैको सेक्स जीवन सुखद हुन सकेको छैन । यसले गर्दा श्रीमान–श्रीमती तथा प्रेमीहरुबिचको सम्बन्धमा तनाव आउने गरेको छ । यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने जोखिम पनि हुन्छ ।

पुरुषहरुमा सबैभन्दा बढी देखिने गरेको यौन समस्याका रुपमा रहेको ‘इरेक्टायल डाइफङ्गसन’ (इडी) बारे त्यति चर्चा हुने गरेको छैन । लाज तथा आफूमा रहेको समस्या बताउँदा अरुले नराम्रो दृष्टिले हेर्ने भयले अधिकांश पुरुषहरु यसको उपचार खोज्न लजाउँछन् ।

इडीको समस्या उमेर बढ्दै जाँदा देखिने गर्छ भन्ने सामान्य बुझाई छ । तर युवा अवस्थामै पनि धेरै पुरुषमा यो समस्या देखिने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।

पछिल्लो एक अध्ययनका अनुसार झण्डै एक प्रतिशत पुरुषमा ४० वर्षकै हाराहारीमा ‘टोटल इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित हुँदै नहुने समस्या देखिने गरेको छ । अझ उत्तेजित भएपनि सेक्स कार्य सुरु गरेपछि आफै हटेर जाने समस्या धेरै छन् ।

यस्तै ७० वा त्यो भन्दा बढी उमेर भएपछि ५० प्रतिशत पुरुषमा इडीको समस्या देखिने गर्छ । अमेरिकामा भएको पछिल्लो एक अध्ययनमा त्यहाँका तीन करोड पुरुषमा कुनै न कुनै रुप या स्तरको इरेक्टायल डाइफङ्गसन रहेको छ ।

इरेक्टायल डाइफङ्गसनको समस्या समाधानका लागि औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोगसहितका उपाय अपनाउन सकिन्छ । तर यसका लागि चिकित्सक तथा सेक्स थेरापिस्टको सहयोग तथा सल्लाह अनिवार्य हुन्छ ।

यस्तै आफ्नो विशेष ख्याल राख्ने अर्थात स्वस्थकर खाना खाने, व्यायाम गर्ने तथा तनावलाई व्यवस्थित गर्नाले पनि इरेक्टायल टाइफङ्गनको समस्याबाट मुक्ति मिल्ने युरोलोजिस्ट शेल्डन मार्कले बताएका छन् ।

अब तपाईको जुन समस्या छ, यो समस्या क्षणिक हुनसक्छ । हाम्रो कामनापनि यही छ तपाईको सम्वन्ध राम्रो हो ।

उत्तेजनामा आएपछि फेरी सेक्स कार्य पूरा नुहुँदै बाटोबाटै उत्तेजना हराउने कारण धेरै छन् । तपाईसँग धेरै कुराको सोधपुछ नगरी तपाईको समस्या यही होला भन्न सकिन्न ।

तर केही सामान्य विषयले पुरुषमा यो समस्या आउँछ । तपाई पार्टनरसँग बारम्बार सेक्सको प्रस्ताव राख्दा, अपिल गर्दा उहाँले बारम्बार इग्नोर गर्नुभएको थियो भने वितृष्णा बढ्दै गएर यस्तो भएको हुनसक्छ ।

अर्को तपाईको मनमा केही भय पैदा भएको हुनसक्छ । पार्टनरले शंका गरेर सेक्सको बेला तयार भएरपनि त्यसै बस्नु परेको कुनै घटना छ भने त्यसलेपनि असर जमाउँछ ।

अथवा तपाई भित्र केही कुराको भयले आत्मविश्वास गुमाइरहेको छ । ती भयहरु अनेक हुनसक्छ । सेक्सपछि हुने संक्रमण बारे धेरै सोच्नुभयो की ? बच्चा बस्यो भने के गर्ने भन्ने पो मनमा धेरै आयो की ? अथवा बिहे भएन, हुन सकेन भने के गर्ने ? भन्ने अनेकौँ भित्री प्रश्नले तपाईको दिमाग त्यतातर्फ केन्द्रीत छ भनेपनि यस्तो हुन्छ ।

अथवा खानपान वा अन्य रोगका कारण तपाईमा शारीरिक दुर्वलता पो आएको हो की त्योपनि ध्यान दिन जरुरी छ ।

उपाय
पहिलो उपाय त तपाई सेक्सको बेला अन्त दिमाग खर्च नगर्नुहोस् । नितान्त आफ्नो पार्टनरको खुशी मात्र सोच्नुहोस् उहाँका अंगहरु, उहाँले गरिरहेको क्रियाकलाप र हाउभाउमा मात्र केन्द्रीत हुनुहोस् । किनकी सेक्स दिमागी खेल हो ।

दोस्रो खानपान, आहारविहार र व्यायममा ध्यान दिनुहोस् । तपाईको सुखद र उपलब्धिमुलक सेक्स जीवनको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published.