जापानमा पनि पुष्टि भएको मंकीपक्स के हो ? कसरी बँच्ने ? लक्षणहरु के के हुन् ?

  • 7
    Shares

जापानमा पनि पुष्टि भएको मंकीपक्स के हो ? कसरी बँच्ने ? लक्षणहरु के के हुन् ?

टोकियो/जापान । विश्वका विभिन्न देशमा फैलिरहेको मंकीपक्स नामको दुर्लभ रोग जापानमा पनि देखिएको छ ।विश्वका धेरै मुलुकहरुमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकाल जारी गरिसकेको छ ।

हालसम्म अमेरिका, क्यानडा,अस्ट्रेलिया तथा जापान लगायत विभिन्न युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ ।

यसैबीच अत्यन्तै धेरै जनघनत्व भएको जापानको टोकियोमा पनि देखिएको अवस्थामा,हामिले पनि यसबारे जानकारी लिन जरुरी छ । जनस्वास्थ्य विज्ञ डा। रविन्द्र पाण्डेका अनुसार मंकी पक्स स्मल पक्स अर्थात् बिफरजस्तै तर दुर्लभ रोग हो ।

यो रोग मंकी पक्स भाइरसबाट लाग्दछ । यो रोग संक्रमितसंगको संसर्गले एकबाट अर्को व्यक्तिमा सर्दछ । यो दुर्लभ रोगको प्रसारण गति मन्द छ, केहि हप्तामा निको हुन्छ तथा जोखिम धेरै छैन ।

मंकी पक्सको खोप नभए तापनि बिफरको खोपले ८० प्रतिशत काम गर्दछ । सन् १९५८ मा प्रयोगशालामा पहिलोपटक बाँदरमा यो भाइरस देखिएकोले यसलाई मंकी पक्स भनिएको हो ।

लक्षणहरु

यो जनावरबाट मान्छेमा सर्ने रोग हो । मंकी पक्स लागेका व्यक्तिको संक्रमणकाल ७ देखि १७ दिनको हुन्छ ।

हल्का ज्वरो आउनु, टाउको दुख्नु, मांशपेशी दुख्नु, ढाड दुख्नु, ग्रन्थीहरु सुन्निनु, शरीरमा गिर्खाजस्ता बिमिरा आउनु आदि यसका लक्षण छन् । यसको संक्रमणदर न्यून छ भने मृत्युदर निकै कम छ । यसको ठोस उपचार पनि छैन ।

Leave a Reply

Your email address will not be published.