श्रीमतीसँगको सहवासमा जब परस्त्रीको नाम उच्चारण भयो..
जिल्लाको निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको श व फेला पर्यो। हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको श व भएको पत्ता लगायो। उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको रहेछ।
शवको पहिचान खुलेपछि प्रहरीले खोजी सुरु गर्यो। हत्याb राको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृ;तक विककै श्रीमतीतर्फ सोझियो।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाउँदै गर्दा मृतककी श्रीमती कुमारी कामीको अनुहारमा न श्रीमानको मृ:त्युका शोक थियो न सुर्ता।
प्रहरीले विकको हvत्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो।
अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै लैजाने क्रममा प्रहरीले मृvतक विकको कल डिटेल र फेसबुक डिटेल चेक ग¥यो। कल डिटेल र फेसबुक डिटेल चेक गर्दा विकको अन्य थुप्रै महिलाहरुसँग लामो कुराकानी भएको भेटियो।
साउन २५ गते राति ८ बजेपछि एक जना महिलासँग फेसबुकमा कुरा भएको भेटेपछि प्रहरीले त्यतैतर्फ अनुसन्धान अगाडि बढायो। त्या राति ती महिलाले सामाजिक सञ्जालमा केराको तस्विर पठाएर केरा खान आउनु भन्ने म्यासेज पठाएकी थिइन्। मृcतक विकले भ्वाईस मेसेज पठाएका थिए। प्रहरी अब अनुसन्धान सकियो अपराधी पत्ता लाग्यो भनेर हौसियो।
तर डिटेल चेक गर्दा ती महिलाको ठेगाना नुवाकोट पत्ता लागेपछि प्रहरी एकाएक शून्यमा आईपुग्यो र नयाँ शिराबाट अनुसन्धान अगाडि बढाउन बाध्य भयो। मोबाईल कल डिटेल चेक गर्दा उनकै साली पर्ने मनिषा विकसँग पनि धेरै कुरा हुने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान त्यतातर्फ तेस्र्यायो।
जिल्ला प्रहरी प्रमुख आँफै अनुसन्धानमा संलग्न भएकाले प्रहरी आँफैलाई पनि छिटो अनुसन्धान सक्नुपर्ने दबाब थियो। शनिबार एसपी आँफैले अन्य अनुसन्धान अधिकारीसहित साली पर्ने मनिषा विकलाई तीन घण्टा केराकार गरे। एसपी ज्ञवाली भन्छन्, ‘कुरो चुहाउन निकै गाह्रो भयो, हामीले एउटा माइन्ड गेम खेल्यौं, तिम्री दिदीले बहिनीसँग धेरै फोनमा कुरा हुन्थ्यो, बहिनीले माvरेको हुनुपर्छ भनेर बयान दिएकी छिन्। साँचो कुरा हो भन भनेपछि बल्ल घटनाको पर्दा खुल्न सुरु भयो।’ मनिषाले प्रहरीलाई घटनाको बेलिविस्तार लगाउन सुरु गरिन्। २५ गते राति ९ बजेतिर तुलबहादुर रक्सीले मातेर घरमा आएको र दुई वर्षकी छोरीलाई कुटपिट गरेपछि आफूसंगै माथिल्लो तलामा लगेर सुताएको उनले सुनाईन्।
मनिषाले प्रहरीलाई दिएको बयान अनुसार राति साढे ११ बजेको समयमा तुलबहादुरकी श्रीमती कुमारी कामी हातैभरी रग तसहितको खु कुरी बोकेर आएकी थिईन्। बहिनीले के भो भनि सोध्दा तेरो भिनाजुलाई माbरिदिbएँ भनेर जवाफ दिईन्।
किन माvरेको भनि सोध्दा तैले बिहे गरेकी छैनस् यो कुरा तैले अहिले थाहा पाउँदैनस् भनेर जवाफ दिईन्। मनिषाले प्रहरी सामु यति कुरा खोलेपछि प्रहरीले अनुसन्धान कुमारी कामीतर्फ केन्द्रित गर्यो।
कुमारीले प्रहरीलाई दिएको बयान अनुसार राति सहबास गर्ने क्रममा तुलबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको हvत्या गरेको बताएकी छिन्। तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो।
२५ गते राति पनि श्रीमान श्रीमतीबीच सहवास हुँदै गर्दा उनले अरु नै महिलाको नाम लिएर बर्बराएको कुमारीले बयान दिएकी छिन्। त्यतिमात्रै होईन सहवास सकिएपछि सुत्नेबेला पनि भोली ढोरपाटन जाने हो, फलाना फलानासँग जाने हो, त जतासुकै जा मत त्यही केटीसँग बस्छु भनेर बारम्बार टर्चर दिएपछि आफूले पहिले घनले पछिबाट … गरेको उनले बताएको प्रहरीले जानकारी दिएको छ।