मलेसियाको Samsung कम्पनीबाट नेपालीको लागि आयो सुनौलो अवसर..

  • 5.9K
    Shares

मलेसियाको Samsung कम्पनीबाट नेपालीको लागि आयो सुनौलो अवसर..

क्वालालम्पुर : मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा रहेको सामसुङ मलेसिया कम्पनीले कामदारलाई उत्कृष्ट सुबिधा दिने कम्पनीमा परेको छ ।

मलेसियामा रहेको सामसुङ प्लान्ट मध्य एकमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेका छन् भने हाल पनि मलेसियाको सामसुङले नेपाली कामदारलाई प्राथमिकता राख्दै माग गर्दै आएको छ ।

मलेसियाको सामसुङ कम्पनीले केही महिना अगाडी मात्रै ठूलो संख्यामा नेपाली श्रमिक मलेसिया लगेको थियो भने जानकारको अनुसार पुनः ठूलो संख्यामा नेपालीको माग आउने बताइएको छ ।

सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १७ सय पुराएको छ ।
यो घोषणा संगै अन्य कम्पनीलाई अब बेसिक तलब १४ सय बनाउनै पर्ने दबाब सृजना भएको छ भने अन्य ठुला कम्पनीलाई पनि तलब सुबिधा बढाउन दबाब आएको छ ।

सेवा सुबिधा र बेसिक तलब मापनको मामिलामा पहिलो कम्पनी बनेको छ । अन्य कम्पनीले १२ सय बेसिक तलब दिने गरेकोमा दुई चार वटा कम्पनिले मात्रै सरकारले तोकेको बेसिल तलब दिएका छन् ।

सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १७ सय पुराएको छ ।

मलेसियामा रहेको सामसुङको फ्याक्ट्रीमा ठूलो संख्यामा नेपाली कामदार काम गर्दै आएको मलेसियामै रहेका एक नेपालीले बताए ।

कामको मामिलामा थोरै गाह्रो भए पनि तलब र अन्य सेवा सुबिधा राम्रो मानिन्छ सामसुङ मलेसियामा ।

स्थानीय समाचार संस्थाले जनाए अनुसार मलेसियामा सबैभन्दा धेरै बेसिक तलब दिने पहिलो कम्पनी नै सामसुङ रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.