गत महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कुन-कुन ? (विवरण सहित)

  • 2.3K
    Shares

गत महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कुन-कुन ? (विवरण सहित)

काठमाडौँ । गत भदौ महिनामा ७०६ म्यानपावर कम्पनीले ५० हजार ५० जना युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट अन्तिम श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले बिभिन्न १८ देशको लागि श्रम स्वीकृति लिएको पाइएको छ । 

बिभागको विवरण अनुसार भदौमा सबैभन्दा बढी मलेसिया रोजगारमा गएको पाइएको छ । मलेसियाको लागि मात्र ३३ हजार तीन जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । 

बिभागद्वारा सार्वजनिक भदौ महिनाभरको विवरण अनुसार सबैभन्दा बढी कामदार पठाउने म्यानपावरमा वाइड स्पेस इन्टरनेशनल रहेको छ ।

यो म्यानपावरले महिनाभर ७६० पुरुष र १५ जना महिलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ ।

त्यस्तै दोश्रो नम्वरमा द रिभर ओभरसिज प्रालिले ६८८ पुरुष र एक जना महिला कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ । 

थप विवरण तालिकामा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.