मलेसियाको Panasonic कम्पनीबाट आयो खुसीको खबर, नेपालीलाई सुनौलो अवसर

  • 1.5K
    Shares

मलेसियाको Panasonic कम्पनीबाट आयो खुसीको खबर, नेपालीलाई सुनौलो अवसर

क्वालालम्पुर : मलेसियाको पानासोनिक  कम्पनीले कामदारको न्युनतम तलब वृद्धि गर्ने बारे सकारात्मक रहेको समाचार सार्वजनिक गरेको छ ।

मलेसिया सरकारले बिदेशी कामदारको लागि हालसम्म न्युनतम तलब RM 12 सय बाट 15 सय अनिवार्य गरेको छ ।

सो संगै मलेसिया कम्पनीले अब भने न्युनतम तलब वृद्धि गरेको सबैको १५ सयको साटो १९ सय बनाउने भएको बताइएको छ । जुन हालसम्मकै धेरै न्युनतम तलब रहेको बुझिएको छ ।

मलेसियामा बिदेशी कामदारलाई राम्रो सेवासुबिधा दिने कम्पनी मध्य मलेसियाको पानासोनिक अग्रस्थानमा आउने गर्छ ।

मलेसियाको अन्य कम्पनीले न्युनतम तलब वृद्धि गरिरहेको बेला मलेसिया सरकारले तोके अनुसारको तलब दिनुपर्ने लाई दबाब मलेसियामा रहेको ठुला कम्पनीहरुलाई पर्दै गएको छ ।

सोही अनुसार Micron memory ले पनि अब कामदारको न्युनतम तलब वृद्धि गरेर RM 19 सय बारे निर्णय लिएको बताइएको छ ।

स्थानीय संचार माध्यमका अनुसार कम्पनीले मे १ देखि नै सो बारे तलब प्रदान गर्मे बुझिएको छ ।

अहिले नेपालीको लागी मलेसिया रोजगार खुल्ला भैसकेको छ । करिब दुई बर्ष देखि बन्द मलेसिया रोजगार खुला भएको हो ।

मलेसिया रोजगार खुले संगै मलेसियाबाट धमाधम रोजगारको अवसरहरु आउन थालेका छन् ।

शुन्य लागतमा मलेसियाको विभिन्न कम्पनीमा रोजगारको लागि नेपालीको माग आएको छ ।

Leave a Reply

Your email address will not be published.