कम्पनीले न्युनतम तलब 15 सय नदिए पछि निगरानी गर्न मलेसियाले बनायो सिस्टम, यसरी जोडिनुहोस सिस्टममा..

  • 78
    Shares

कम्पनीले न्युनतम तलब 15 सय नदिए पछि निगरानी गर्न मलेसियाले बनायो सिस्टम, यसरी जोडिनुहोस सिस्टममा..

मलेसिया सरकारले न्युनतम तलब वृद्धि संगै कामदारको न्युनतम तलब दिए नदिएको बारे अनुगमन गर्न र कम्पनीलाई कानुनी दायरामा ल्याउन नयाँ सिस्टमको निर्माण गरेको छ ।

मलेसिया सरकारले न्युनतम तलब निगरानी गर्न इवेजेज (ewases) नामको सिस्टम तयार गरेको र सोही सिस्टम मार्फत नै कामदारको तलब निगरानी गर्ने जनाएको छ ।

नयाँ सिस्टमले सबै कम्पनीले न्युनतम तलब दिएको वा नदिएको थाहा हुने रे नदिएका कम्पनीलाई कारबाहीको दायरामा ल्याएर कामदारलाई सरकारले तोकेको न्युनतम तलब दिलाउन सहज हुने बताएको छ ।

यता मलेसिया सरकारले न्युनतम तलब निगरानीको लागी बनाएको सिस्टममा मलेसियामा रहेका सबै बिदेशी कामदार जोडिन आग्रह गरेको छ ।

सिस्टममा जोडिनको लागी mysarjha app जस्तै गरेर आफ्नो मोबाईल नम्बर राखेर लग इन गरेर सिस्टममा जोडिन सकिने जनाएको छ र समग्र कामदार जोडिन आग्रह गरेका छन् ।

मलेसियाले यो सिस्टमबाट नै मलेसियाले न्युनतम तलब नदिने कम्पनीलाई कारबाही गरेर बिदेशी कामदारलाई सरकारले तोकेको तलब दिलाउन सफल हुने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published.