अब नेपाली यी नयाँ देशमा पनि जान पाउने (तलब २ लाख हुने)


अब नेपाली यी नयाँ देशमा पनि जान पाउने (तलब २ लाख हुने)

काठमाडौं | श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

अब मेनपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् ।

राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गर्न अनुमति दिएको  हो । 

सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको छ । सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र हो । यो उच्च मध्यम आय भएको देश हो ।

त्यस्तै माल्दिभ्स, युके र अन्य केही देशको लागि पनि रोजगार अनुमती दिएको छ जहाँ नेपाली युवाहरु वैदेशिक रोजगारमा जान सक्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *