माल्टा हुने र जानेले अनिवार्य हेरौं, दूतावासले के भन्यो ?


माल्टा हुने र जानेले अनिवार्य हेरौं, दूतावासले के भन्यो ?

माल्टा, ७ मंसिर । बेलायतस्थित नेपाली दूतावासले आयरल्याण्ड र माल्टामा बसोवास गर्ने नेपालीलाई आगामी नोभेम्बर २५ भित्र राहदानीको म्याद थपका लागि फारम भरेर बुझाउन अपिल गरेको छ ।

दूतावासले २०२३ अप्रिलभन्दा अगाडि म्याद सकिन लागेका पासपोर्ट वाहकको सहजताका लागि निवेदन माग गरेको हो ।

राहदानी विभागले मेसिन रिडेवल पासपोर्टको सट्टामा ई–पासपोर्ट जारी गर्न शुरु गरेकाले मिति सकिएका नेपालीले राहदानी फारम भरेर बुझाउन राजदूतावासले अपिल गरेको छ । आवेदनहरु लिनका लागि नेपाली राजदूतावास लण्डनको टोली घुम्ती शिविरका लागि माल्टा आउने भएको छ ।

दूतावासले मिति सकिने पुरानो पासपोर्ट वाहकलाई शिविरमा पुगेर नाम टिपाउन आग्रह गरेको छ । माल्टाको लागि नमस्ते नेपाल मिनि मार्केटको कार्यलयमा स्थानीय समय अनुसार बिहान एघार बजेदेखि साँझ सात बजेसम्म सेवा दिने बताएको छ । जसका लागि आवेदकले नेपाली नागरिकताको प्रतिलिपि, सेतो पृष्ठभूमिमा खिचिएको चार प्रति एमआरपी फोटो र सक्कली राहदानी आवश्यक पर्ने दूतावासले जनाएको छ ।

स्रोतका अनुसार  लागत एकसय दस पाउण्ड अर्थात झण्डै एकसय अठ्ठाईस युरो खर्च लाग्ने बुझिएको छ । सो रकम बैकमा डिपोजिट गरि भौचर लिएर सेवा लिन आउन दूतावासले आग्रह गरेको छ ।कुमार पौडेल / मध्यान्ह

Leave a Reply

Your email address will not be published. Required fields are marked *