वैदेशिक रोजगारमा गएकाको पीडा :के नेपाल सरकार साच्चिकै आफ्नै देशबासीलाई लुट्नै बनेको सरकार होत?

  • 1
    Share

ओली प्रीन्स :

के नेपाल सरकार साच्चिकै आफ्नै देशबासीलाई लुट्नै बनेको सरकार होत? लुट्न लाई हैन भने हामी बिदेशियका नेपाली नागरिक माथी यो लुटेरापन जस्तो व्यबहार किन सरकार ..?

बिदेशमा अलपत्र परेका नेपालीलाई उदार गर्ने भनेर विभिन्न समाचार प्रशारण गर्ने तर भित्र भित्रै चाहिँ महङो टिकट बनायेर हामिलाइ चुसेर आफू अघाउने काम गर्ने र उद्दार गर्यौ भनेर बाहिर छाती फुलाउने थुक्क मेरो देशको शासन, धिक्कार छ यो सरकार।


हामी पर्देशीले कति दुख गरेर बसेका हुन्छौ यहाँ , त्यो त सरकार को मत्लबको कुरा भयन देशमा रोजगार दिलाउन नसक्ने । सरकारको भबिस्यमा न भएको कुरा जस्तै हो अनि बहिर देशमा काम गरेर करार अबधी पूरा गरि अहिले अलपत्र भयेर बस्नु पर्दा सरकार ले हेर्ने ठाँउमा उल्टो महङो टिकट बनायर उल्टै हामी दुखीलाई आपतमा झन सास्ती खेप्नुपरेको पर्ने बाध्येता बनाएको छ ।


यस्तो शासन र नीति नियम को के काम छ नेपाल मा ? हामिले दुख गरि कमायको पैसाको रेमिट्यान्सले आफ्ना भुँडी भर्नेहरु र आधा सरकार चलाउने हामी अनि हामी माथी नै घोर अन्याय गर्न पाइन्छ ?.

उद्दार भनेको के हो ?
आफ्नै पैसामा त्यही पनि त्यति महङो टिकट काटेर घर फर्कनुलाई उद्दार गरेको छौ भन्ने नेपाल सरकार हामी पिडित बिदेशियकाहरुका लागि नेपाल सरकार मुर्दाबाद नै हो।

जति सक्दो हुन्छ साधारण उडान र पहिलेको जस्तै साधारण भाडा बनाइ हामिलाइ घर फर्क्ने बाटो बनाइयोस । हामिसबैको माग यति नै हो ।
अनि यो कुरामा सहमत हुनेले शेयर गर्न न भुल्नु होला है त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *