नराम्रा कन्टेन्टको भन्डार बन्दै टिकटक


शुभद्रा रायमाझी/ काठमाडौं : साथी भाइ जमघट, सुख दुखका कुराकानी । अनि कुराकानी पश्चात् सम्झना स्वरुप एक तस्वीर लिइनु। साँच्चिकै क्या रमाइलो माहोल बन्थ्यो । यि सब क्रियाकलाप अलि धेरै पहिले हुन्थे। तर अहिले माहोल त्यस्तो रहेन।

सबैको हातमा मोबाइल अनि साथीभाइ भेट्ने बित्तिकै तस्वीर लिइँदैन। लिइन्छ त अहिले सम्झना स्वरुप टिकटक भिडियो। बनाइन्छ त केवल अहिले टिकटक भिडियोलाई सम्झनाको प्रतीक।

त्यसो त नेपालमा टिकटक भित्रीएको त्यति धेरै भएको छैन। म्युजिकली नाम रहेको एक एपलाई चाइनाले २०१६ को सेप्टेम्बरमा “टिकटक”को नाम दिँदै विश्वभर लन्च गरेको हो। हाल यस् टिकटक विश्वभर छाइरहेको छ। इन्डियामा भने हाल यसलाई ब्यान्ड गरिएको छ।

आफुसंग भएको प्रतिभा सहजै तरिकाले धेरैको माझ देखाउन सकिने यस् एपमा सुरुमा १५ सेकेन्ड र १ मिनेटको भिडियो अपलोड गर्न मिल्ने सिस्टम थियो। तर केही हप्ता अघिदेखि भने ३ मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने सिस्टम लन्च गरेको छ टिकटकले।

अन्य देशमा झैं नेपालमा पनि टिकटकको प्रयोग व्याप्त छ। झन इन्टरनेटको सुविधा सहरदेखि गाउँ गाउँमा पुगेकोले टिकटकको प्रयोग ह्वात्तै बढेको पाइएको छ। साना साना नानी बाबुदेखि वृद्धवृद्धाले समेत प्रयोग गर्ने गर्छन् टिकटकलाई। धेरैले त आफ्नो प्रतिभा टिकटकमा देखाएरै भविष्य सुनिश्चित समेत गरिसकेका छन् ।

टिकटकबाटै कलाकारितामा प्रवेश गर्नेको क्रम पनि बढ्दो छ।पछिल्लो समय चर्चामा रहेका रेश्मा घिमिरे, प्रीन्सी-प्रीज्मा खतिवडा, गरिमा शर्मा, डेमोन छेत्री, उषा उप्रेती, सुधिर श्रेष्ठ लगायतका सयौं कलाकारहरु टिकटकले माथी पुर्याएका कलाकारहरुमा पर्ने गर्छन् । यसरी राम्रो गर्नेहरू अगाडि बढिरहेका छन् भने टिकटकमै नराम्रा गतिविधि देखाउनेहरुको इज्जत समेत माटोमा मिलेको छ।

वास्तविकतालाई हेर्ने हो भने पछिल्लो समय टिकटकमा राम्रा भन्दा नराम्रा कन्टेन्टहरु प्रयाप्त मात्रामा देखिने गर्छन् । भाइरल हुने, भ्युज धेरै पाउने एवं धेरै फ्लोअर्स कमाउने होडबाजीमा मानिसहरु अश्लिल भिडियो समेत पोस्ट गर्न थालेका छन् टिकटकमा। जसले राम्रो भन्दा नराम्रो कुरा चौतर्फी रुपमा समाजमा फैलिएको छ। प्रचुर मात्रामा सदुपयोग भन्दा दुरुपयोग भएको छ टिकटकको।

अपरिचितलाई परिचित बनाउँदै आपसी सम्बन्ध जोड्ने समेत कार्य गरेको टिकटकमा आजभोलि परिवारका सदस्य संगै बसेर हेर्न सकिने भिडियो हुँदैनन् । त्यसो त म स्वयं आफैले पनि टिकटक चलाउने भएकोले यि सबै राम्रा एवम् नराम्रा कुराहरू नियालिरहेको हुन्छु।

अब त टिकटक हेर्ने, समय मिलाएर बेलाबेला भिडियो अपलोड गर्ने बानी परिसक्यो मलाई। सायद यस्तो बानी धेरैलाई परेको छ होला। तर म चाहिँ भ्युज, फ्लोअर्सको लागि इज्जत डाउन हुने खालका कन्टेन्ट हाल्ने चाहिँ गर्दिन र सोच्दिन पनि। मैले एक विशुद्ध मनोरञ्जनका लागि मात्र चलाउने गर्छु। तर अन्यले चाहिँ कलाकारितामा प्रवेश गर्न सजिलो हुन्छ भनेर टिकटक प्रयोग गर्नुहुन्छ। जुन कुरा निकै राम्रो अनि सकारात्मक हो।

सकारात्मक भन्दा नकारात्मक फैलियो भने समाज बिग्रीन कुनै समय लाग्दैन। राम्रा भन्दा नराम्रा कन्टेन्टको भण्डार, पछिल्लो समय टिकटक बनिसक्यो भन्दा फरल नपर्ला । ८० प्रतिशत जति नराम्रै कन्टेन्ट मैले भेटाउने गर्छु। अरुको हकमा भने फरक हुन सक्ला पनि।

जुनसुकै कुराको पनि फाइदा र बेफाइदा हुनेभएकोले हामी बेफाइदा भन्दा फाइदातिर ढल्किन सक्नुपर्छ । त्यसैले टिकटकको सहि प्रयोग गर्नुपर्छ र अरुलाई पनि नराम्रो गर्नुहुन्न भनेर सम्झाउन सक्यौं भने सायद टिकटक अझै उपयोगी एप बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *